हाम्रो बारेमा

परिक्रमा विद्यार्थी परिवार वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत विद्यार्थीहरूको समूह विभिन्न साहित्यिक कार्यक्रममा २० वर्ष देखि अनवरत रूपमा लागि रहेको छ । यस संस्थाले चिकित्साशास्त्र र साहित्यको सेतुको रूपमा रही वार्षिक रूपमा प्रतिष्ठानको मुखपत्र परिक्रमा, त्यसै गरी हार्विञ्जर पत्रिका प्रकाशन मात्र नभई देश विदेशमा ख्यातिप्राप्त व्यक्तिहरूलाई आमन्त्रित गरी सिम्पोजीयम लगायत विविध साहित्यिक गोष्ठीहरू गर्दै आइरहेको छ । यस विद्यार्थी परिवारले प्रतिष्ठान भित्र आफ्नै पुस्तकालय समेत सञ्चालन गरेको छ ।